पानीका फोहोरा हान्नेलाई गुलाबको फूल – Kanika Khabar
Friday, April 19Nepali News Portal

पानीका फोहोरा हान्नेलाई गुलाबको फूल

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, काठमाडौँ ।
सरकारका पछिल्ला गतिविधिका बारेमा असन्तुष्ट रहेको भन्दै नागरिकले दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन् । नागरिकको विरोधलाई मथ्थर पार्न सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रु ग्यास प्रयोग गर्नुका साथै कतिपय स्थानमा बलसमेत प्रयोग गर्दै आएको छ ।

आज पनि काठमाडौँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै प्रदर्शन भएको छ । आजको विरोधमा सहभागीहरुले हातमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन् । पानीका फोहोरा र अश्रु ग्यास प्रयोग गर्नेहरुका लागि पनि प्रेमको प्रतीकका रुपमा रहेको गुलावको फूलले सद्भाव र आत्मीयता नबिर्सन सुझाएको छ । पछिल्लो समयमा देशका विभिन्न स्थानमा विरोधका लागि विरोध नभएर पारदर्शीता र सद्भावका लागि विरोध गरिदै आइएको छ ।

माइतीघर क्षेत्रको सडक किनारमा भेला भएका नागरिकहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्