एन्फा जिल्ला लिग फुटबल जारी – Kanika Khabar
Friday, May 17Nepali News Portal

एन्फा जिल्ला लिग फुटबल जारी

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१५ पुस तुलसीपुर ।
दाङमा जारी एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को आज बिहिवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब तुलसिपुर १५ र सक्सेस फुटबल क्लब तुलसिपुरले बिजयी सुरुवात गरेका छ्न् ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्सिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगितामा टाईगर युवा क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै लक्ष्य युवा क्लबले बिजयी सुरुवात गरेको हो । यस्तै युनाईटेड युथ क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध ३ गोलले पराजित गर्दै सक्सेस फुटबल क्लबले बिजयी सुरुवात गरेको हो । उता घोराहिको भरतपुर खेलमैदानमा भएको खेलमा राप्ती फुटबल क्लब र युएनबिसी घोराही ले अंक बाडेका छन् ! बिहिवार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा दुबै तर्फ बाट निर्धारित समय सम्म कुनै गोल हुन नसकेपछी अंक बाडेका हुन । जिल्ला लिग अन्तरगत घोराही भरतपुर खेलमैदानमा पाँच क्लब र तुलसीपुर तर्फ पाँच क्लब एक आपसमा आमनेसामने भईरहेका छन् ।यता तुलसिपुर तर्फ शुक्रबार पहिलो खेलमा १२ बजे युनाईटेड युथ क्लब तुलसिपुर र टाईगर युवा क्लब भिड्दैछन् । त्यस्तै दिउँसो दुई बजे हुने खेलमा लक्ष्य युवा क्लब र एसएसएफए तुलसिपुर आमनेसामने हुनेछ्न् । उता घोराही भरतपुर खेलमैदानमा भोलि शुक्रबार पहिलो खेलमा न्यु स्टार फुटबल क्लब नारायणपुर र नवलपुर फुटबल एकाडेमी भिड्नेछन् । यस्तै दिउँसो साढे दुईबजे हुने खेलमा राप्ती फुटबल क्लब र किशान जागृती भिड्ने आयोजकले जानकारी दिएको छ । २९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित दस क्लबहरुको सहभागिता रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्