गोरखा कप भलिबलमा छात्र शील्ड घोराही र छात्रा शील्ड तुलसीपुरलाई – Kanika Khabar
Friday, May 17Nepali News Portal

गोरखा कप भलिबलमा छात्र शील्ड घोराही र छात्रा शील्ड तुलसीपुरलाई

    मा प्रकाशित

गोरखा ग्रुपको आयोजनामा भएको गोरखा कप भलिबल प्रतियोगितामा छात्रतर्फ गोरखा घोराही र छात्रातर्फ गोरखा मोडेल कलेज तुलसीपुरले उपाधि हात पारेका छन् । हरेक बर्ष आयोजना हुने प्रतियोगितामा शील्ड, पुरस्कार र प्रमाणपत्र रहेको छ ।

फाइनल खेलमा छात्रतर्फ गोरखा मावि घोराही र गोरखा मोडेल कलेज तुलसीपुरबीच निकै प्रतिष्पर्धा भएको थियो । चर्को प्रतिष्पर्धाका बीच गोरखा मावि घोराहीले ३–२ को सेटमा गोरखा मोडल कलेज तुलसीपुरलाई पराजित गरेको हो ।

त्यस्तै छात्रातर्फ गोरखा मोडेल कलेज तुलसीपुरले उपाधि, शील्ड र प्रमाणपत्र हात पारेको छ । उसले गोरखा मावि घोराहीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । कार्यक्रममा छात्रतर्फ प्रथम हुने गोरखा मावि घोराही र द्धितीय हुने तुलसीपुर मोडल कलेज तथा छात्रातर्फ प्रथम हुने तुलसीपुर मोडेल कलेज र द्धितीय हुने गोरखा मावि घोराहीका बिजयी खेलाडी तथा विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा छात्रतर्फ पाँच र छात्रातर्फ चार टीमको सहभागिता रहेको थियो । गोरखा ग्रुपअन्तर्गत दाङमा चार विद्यालय र तीन क्याम्पस गरी सात वटा संस्था रहेका छन् । ग्रुप माताहत गोरखा मावि घोराही, गोरखा मोडल स्कूल लमही, गोरखा मावि तुलसीपुर, गोरखा आइडल स्कूल भालुबाङ, भिक्टोरिया कलेज घोराही, स्वर्णिम कलेज लमही र गोरखा मोडेल कलेज तुलसीपुर रहेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी छबिलाल घर्ती मगर र सिमा चौधरी तथा उत्कृष्ट स्पाइकर जीतबहादुर कठायत र कविता कँवर मगरलाई पनि पुरस्कृत गरिएको थियो ।

यी सबै संस्थाको भातृत्व बढाउन तथा विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गर्ने गरेको ग्रुपका डेकेडेमिक डाइरेक्टर दुर्गाबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार लमहीले क्रिकेट, घोराहीले भलिबल र तुलसीपुरले फूटबल प्रयोतियोगिता गर्दै आएका छन् ।

गोरखा ग्रुप दाङका उपाध्यक्ष बिष्णुप्रसाद घर्तीको अध्यक्षता र जिल्ला खेलकूद विकास समिति दाङका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्यमा समापन भएको थियो ।

कार्यक्रममा गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गाबहादुर केसी, एचआर डाइरेक्टर उत्तमराज घिमिरे, गोरखा ग्रुप सञ्चालक समिति सदस्य बालकृष्ण रोका, दाङ जिल्ला भलिबल प्रशिक्षक भीम डाँगी र टेकबहादुर विश्वकर्मा, गोरखा सञ्चालक समिति सदस्य तथा गोरखा मावि घोराहीका प्रिन्सिपल मानसिंह घर्ती, प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष तथा गोरखा मावि तुलसीपुरका प्रिन्सिपल बिजय जीएम, गोरखा मोडेल कलेज तुलसीपुरका प्रमुख वेदप्रकाश भट्टराई, गोरखा मोडेल स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजाललगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालक शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्