ए डिभिजन लिगमा मनाङ र थ्रीस्टार बिजयी – Kanika Khabar
Friday, May 17Nepali News Portal

ए डिभिजन लिगमा मनाङ र थ्रीस्टार बिजयी

    मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब शिर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो। पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन कप्तान अञ्जन विष्टले निर्णायक गोल गर्नुभएको थियो । यस जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ ।

मनाङले ७ खेलमा १६ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ५ अङ्क जोडेको छ । आजै भएको अर्का खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै थ्रीस्टार अङ्क तालिकामा पाचौं स्थानमा उक्लेको छ । जारी सिजनमा थ्रीस्टारको यो दोस्रो जित हो । जितपछि ७ खेलबाट १० अङ्क जोडेर थ्रीस्टार पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेल ७ खेलबाट ७ अङ्कसहित नवौं स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्