दाङकाे क्वारअन्टिनमा एक पुरूषकाे मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दाङकाे क्वारअन्टिनमा एक पुरूषकाे मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, दाङ ।
दाङकाे बंगलाचुली गाउँपालिकाको भुटनेटना क्‍वारअन्टिनमा बसेका १८ वर्षीय एक पुरुषको मृत्यु भएकाे छ ।
माण्डवी गाउँपालिका ४, आँपचौर प्यूठानका ती युवा जेठ ११ गते क्‍वारअन्टिनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार उपचारका लागि बुटवल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । जिल्लास्थित कुनै पनि अस्पतालले क्रिटिकल केस भन्दै भर्ना नलिने बताएपछि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

‘‘क्‍वारअन्टिनमा बसेका युवालाई श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे थियाे तर उनलाई त्यहाँ भर्ना गर्न मानिएन । त्यसपछि कोरोना विशेष अस्पताल बेलझुन्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि भएकालाई मात्रै भर्ना गरेर उपचार गर्ने बताएपछि बुटवल लैजादै गर्दा बाटाेमा मृत्यु भएको हो,’’ प्रवक्ता खड्काले भने ।

मृत्यु भएका व्यक्तिको पिसिआर जाँच गरेको रिपोर्ट अझैं आएको छैन । जेठ २२ गते स्वाब संकलन गरेर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, अझैं रिपोर्ट आएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्