मैत्रीपूर्ण भलिबलमा पत्रकार महासंघको टिम बिजयी – Kanika Khabar
Friday, May 17Nepali News Portal

मैत्रीपूर्ण भलिबलमा पत्रकार महासंघको टिम बिजयी

    मा प्रकाशित

     दाङ,२४ पुस । मैत्रीपूर्ण भलिवल खेलमा नेपाल पत्रकार महासघको टिम बिजयी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको ३१ औं स्थापना दिवसका अवसरमा शनिबार घोराहीमा भएको मैत्रीपूर्ण भलिबल खेलमा प्याव्सन दाङको टिमलाई हराउदै बिजयी भएको हो ।   

खेलमा महासघको टिमले प्यावसनको टिमलाई २५-२७, २५-२४ र २५-२० को सेटमा हराउदै बिजयी भएको थियोे । पहिलो सेटमा २५-२७ हारेको महासंघको टिमले पछिका दुई २४-२५ र २५-२० मा जित्दै बिजयी भएको थियोे । महासंघको तर्फबाट नरेन्द्र केसी,जेएन सागर,युगराज पोख्रेल,हिरा ओली,हिक्मत दर्लामी,अभिनय बुढाथोकी,सुदन सुनार, जीवन मल्ल र नरेश महराले खेलेका थिए भने प्याव्सनकातर्फबाट चक्रबहादुर रावत, नवराज खत्री, सूर्यबहादुर रावत, लक्ष्मीप्रसाद बुढा मगर, चित्रबहादुर घर्ती , नारायण घिमिरे , श्रवण चाैधरी, विरेन्द्र चन्द, बिमल अधिकारी सहभागी थिए । बिजेता र उपबिजेता टिमलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको थियो ।  प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा भएको प्रतियोगितामा प्याव्सनका लुम्बिनी प्रदेश सल्लाहकार तथा प्रमुख अतिथि  जीवनकुमार आचार्यले महासंघ र प्याव्सनबिच सौहार्दपुर्ण व्यवहार र सहकार्य निरन्तरता दिनका लागि मैत्रीपूर्ण खेलले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनहरुमा समेत सहकार्यलाई निरन्तरता दिनका लागि यस्ता खेलहरुको आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी,  प्याब्सन दाङका उपाध्यक्ष चक्र रावत,  पत्रकार महासंघका    उपाध्यक्ष  सन्तोष सुवेदी, प्याव्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्दलगायतले बोलेका थिए । प्याब्सन दाङका काेषाध्यक्ष पोषन न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्