दाङमा थप २ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

दाङमा थप २ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।

दाङका दुई जनासहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ६ का २५ र ४२ वर्षका दुई जना पुरुषसहित ७ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।
आज प्रतिष्ठानमा पुष्टि भएका ५ जना कोरोना सङ्क्रमित भने कपिलवस्तुका रहेका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका ३४, १२, ३७, २३, ५० वर्षका रहेका छन् । एक १२ वर्षीया बालिका रहेकी छन् । प्रतिष्ठानका अनुसार उनीहरु सबै भारतबाट आएका थिए भने स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्