संविधान संशोधन विधेयक आज राष्ट्रिय सभामा पेस हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

संविधान संशोधन विधेयक आज राष्ट्रिय सभामा पेस हुने

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
हिजो शनिबार प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको नक्सा सम्बन्धी नेपालको संविधान संशोधन विधेकयक अब राष्ट्रिय सभामा गएको छ । प्रतिनिधिसभाले हिजो उक्त विधेयक पारित भएको सन्देश राष्ट्रियसभामा पठाएको हो । राष्ट्रिय सभामा उक्त विधेयकमाथिको कारबाही आजबाट सुरु हुनेभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा ’राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सभा समक्ष टेबुल’ गर्ने रहेको बताएका छन् ।

सभामा संविधान संशोधन विधेयकमाथि आज नै सैद्धान्तिक छलफल गर्न तयारी भइरहेको छ राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले बताइन् । त्यसपछि संशोधनका लागि ७२ घण्टाको म्याद रहने प्रावधान रहेको छ ।

संशोधनको समय सकिएपछि प्रतिनिधिसभामा भएकोजस्तै राष्ट्रिय सभा बैठकमा दफावार छलफल गरेर पारित गर्ने प्रक्रिया हुन्छ ।

राष्ट्रिय सभाले संशोधन विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाउनेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने ब्यवस्था छ ।

राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेपछि संशोधन कार्यान्वयनमा आउने प्रक्रिया रहेको छ । त्यसपछि नेपालको निसान छापमा नयाँ नक्सा राखेर कामकाजमा आउनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्