कनिका खबर
जेठ ३२, दाङ ।
साउदी अरेबियामा संक्रमितहरुको संख्या द्रुत गतिमा बढ्दै गएको छ । आज विहान सम्म त्यहाँ १२३३०८ जना संक्रमित भएका छन् भने ९३२ जनाको मृत्यु भएको छ ।
त्यहाँको मिडियाका अनुसार साउदी सरकारले यस वर्षको हज यात्रा रद्ध गर्ने विचार गरिरहेको जनाएका छन् । रिपोर्टमा जनाइए अनुसार यसै हप्ताको अन्त्य सम्ममा यस वारेमा साउदी सरकारले लिनसक्ने छ । गर्त मार्च महिनामा नै साउदी प्रशासने जनतालाई यस वर्षको हज यात्राको योजना नवनाउन अपिल गरेको थियो ।
मुस्लिम धर्मावलम्बीहरुको पवित्र स्थलको रुपमा रहेको मक्का र मदिना साउदी अरेबियामा पर्दछ । जहाँ विश्वभरबाट २० लाख मुस्लिमहरु हज यात्राको लागि जाने गर्दछन् ।