आर्थिक विधेयक २०७७ बहुमतले पारित – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आर्थिक विधेयक २०७७ बहुमतले पारित

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो ।
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीककरण गर्दै व्यवसाय सुचारु गरिने बताए । लकडाउनका कारण वैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भए पनि अब व्यवसायिक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने उनको भनाइ थियो ।
अर्थमन्त्री खतिवडाले बैंकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने उनले बताए । उनले जेठ महिनाको राजस्वको सङ्कलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको बताए । मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब मात्रै संकलन हुने गरेको मन्त्री खतिवडाको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्