पहिरोमा पुरिएका आठ जनाको शव फेला – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

पहिरोमा पुरिएका आठ जनाको शव फेला

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, कुश्मा ।

पर्वतको कुश्मा नगरपालिका तीन दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । गएराति आठ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका नौ जना मध्ये अहिले सम्म ५८ वर्षका तुलवहादुर थापा, ५७ वर्षका मीनाकुमारी थापा, ३४ वर्षका दिर्पा थापा, १४ वर्षका विवेक थापा, चार वर्षका बालिका विविसा थापा र ११ वर्षका सम्राट थापाको शव फेला परेको छ ।

त्यस्तै ३० वर्षका कमला विक र कमलाका छोरी आठ वर्षका बालिका प्रमिसा विकको पनि शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षका छोरा जेनिस विकको खोजी कार्य जारी रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । पहिरोमा बेपत्ता भएका तीन जनाको हिजो बेलुका नै शव फेला परेको थियो भने आज विहानबाट अहिलेसम्म थप पाँच जनाको शव फेला परेको रेग्मीले बताए । वेपत्ताको खोजीमा जिल्ला प्रहरी कार्यालय, ससस्त्र प्रहरी गण, नेपाली सेना सहित स्थानीय जुटिरहेको छन् ।

घर भन्दा एक किलोमिटर माथिवाट आएको लेदो पहिरोले दुई घर पुर्नुका साथै पाँच वटा घरमा क्षति पु¥याएको छ । पहिरोले करिव २० घर जोखिममा रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जाननकारी दिए । घटनाका कारण सिंगो गाउँ शोकमग्न छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्