घोराहीको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता – Kanika Khabar
Friday, April 26Nepali News Portal

घोराहीको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता

    मा प्रकाशित

कनिका खवर

जेठ ३२, दाङ ।

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि नीति कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई विषेश प्राथमिकता दिदै नीति कार्यक्रम सार्वजनिक गरेको हो । नगर प्रमुख नरुलाल चौधरीले कोरोना महामारी रोकथाम र नियन्त्रणमा आवस्यक औषधी, उपचार र उपकरण खरिद गर्दै रोग प्रतिरोधी क्षमता विकास तथा मनोपरामर्शका कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख गरे ।

जेष्ठ नागरिकहरुलाई घरमै उपचार, सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसुतीलाई आबस्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने, नियिमित स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेलाई एक हजार रुपैयाँ आमा खुत्रुके वचत कार्यक्रम मार्फत उपलब्ध गराउने नीति लिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

त्यसैगरी, उपमहानगरले कृषिलाई व्यावसायीकरण गर्दै रोजगारी सृजना गर्ने गरी कार्यक्रम ल्याएको छ । किसानलाई धान, गुहँ र मकैमा ६० प्रतिशत अनुदानमा वीउ उपलब्ध गराउने, विदेशबाट फर्केका युवाहरुलाई भूमी बैंक मार्फत करार खेतीमा जग्गाको व्यवस्था गर्ने समेत नीतिमा उल्लेख छ । साथै पूर्णकालिन कृषकहरुको बर्गिकरण गरि परिचय पत्रका आधारमा सहुलियत र प्राबिधीक सेवा दिने, नमूना कृषि वनको विकास गर्ने र कृषि उपजको बजारीकरणका लागि हाट बजार सञ्चालनमा ल्याउने समेत नगर प्रमुख चौधरीले जानकारी दिए । उपमहानगरले शिक्षा तर्फ शून्य सुल्कमा नमूना विद्यालय घोषणा गर्ने भएको छ ।

त्यसैगरी उपमहानगरका सामुदायिक विद्यालयमा पढेर उच्च अंक ल्याई डाक्टर पढ्न चाहाने छात्रछात्रालाई पाँच पाँच लाख र इन्जिनियर अध्ययन गर्न चाहाने छात्रछात्रालाई एक एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने नीति लिएको छ । मलाई बढ्न देउ, बिबाह हैन पढ्ने देउ भन्ने नारा सहित शैक्षिक कार्यक्रम सञ्चालन गरिने र एक वडा एक प्राविधीक शिक्षालय बनाउने नीतिलाई अघि सारीएको नगर प्रमुखले उल्लेख गरे । त्यसैगरी, नगरमा बहुउदेश्यीय जलाशय निर्माणलाई निरन्तरता, नगर क्षेत्रमा फोहोर फाल्न निषेध गर्ने, आगामी आर्थिक बर्षमा खरको छानो मुक्त नगर घोषणा गर्ने, बाल श्रमलाई पूर्णरुपमा अन्त्य गर्ने र न्यायीक समितिको कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउने गरी उपमहानगरले नीति कार्यक्रम सार्वजनिक गरेको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्