मा प्रकाशित
कनिका खबर
जेठ ३२, दाङ ।
विदेशबाट स्वदेश ल्याइएकाहरुमा कोरोना पुष्टि हुन थालेको छ । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा आज आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आज कोरोना संक्रमण देखिएको हो । उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।
उनको अहिले उनको आईसीयूमा उपचार भइरहेको छ ।