कृर्षितर्फ आकर्शित हुँदै युवा – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

कृर्षितर्फ आकर्शित हुँदै युवा

    मा प्रकाशित

सरद सागर देबकोटा
असार १, दाङ ।
अहिले युवाहरुमा बैदेशिक रोजगारीको मोह पलाइरहेको बेलामा देउखुरी लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरका तीन जना युवा भने आफनै देशमा श्रम र आर्थिक लगानी गरे आफनै ठाउँमा बसी विदेशमा कमाए जति कमाई गर्न सकिने भनी कृषि पेसालाई अङ्गालेका छन ।
दस कठ्ठा जमीन भाडामा लिएर सुरुमा दुई वटा माछा पोखरी बनाई माछा पालन सुरु गरेका उनीहरुले अहिले दुई वटा पोखरीमा कमन कार्प, सिल्भर कार्प ,ग्रास कार्प, रहु र नैनी जातको २० हजारको संख्यामा माछाको भुरा हालेको बताए ।
दुई वटा माछा पोखरीबाट सुरु गर्न थालेका उनीहरुले अर्को वर्ष पोखरी थप गर्दै आठ वटासम्म माछा पोखरी बनाउने योजना रहेको शालीकराम चौधरीले बताए ।
माछा पालन सँगसँगै पोखरीको डिलमा घाँस लगाएर तारजाली गरी लोकल उन्नत जातका कुखुरा पालन पनि गर्ने अर्का युवा कृषक ध्रुब चौधरीले बताए । अहिले हालेको माछाका भुरा आउँदो दसै तिहारमा बजारमा पु¥याउने लक्ष रहेको बताए ।
अर्को वर्ष जमीनको क्षेत्रफल बढाएर एक बिगाहा पु¥याउने र माछा पालन कुखुरा पालन सँगसँगै तरकारी खेती पनि गर्ने र यसलाई क्रमिक रुपमा बिस्तार गर्दै लैजाने अर्का कृषक हरि चौधरीले बताए । यो सिजनमा माछा र अर्को सिजनमा तीनै थरिको उत्पादन बजारमा पु¥याउने युवा कृषि व्यवसायीहरुले बताए ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्