एन्फा आपतकालिन बैठक आज – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

एन्फा आपतकालिन बैठक आज

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ

अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन समितिको बैठक आज बस्दैछ । ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ ।

बैठकले मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघका सम्बन्धमा, कोरोना राहत र विविध अन्तर्गत रहेका एजेण्डाका बिषयमा छलफल गर्नेछ । एन्फाको मानार्थ अध्यक्षमा टासी घलेलाई फिर्ता बोलाउनेदेखि लामो समय विवादीत बन्दै आएको भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाहीको मुख्य एजेण्डामा छलफल केन्द्रित हुने बताईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्