प्रियासनकाे नेतृत्वमा राहत वितरण – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रियासनकाे नेतृत्वमा राहत वितरण

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख ११, दाङ ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अगुवाईमा घोराहीको बसपार्क नजिकै रहेको बादी समुदायका घरपरिवारलाई राहत वितरण गरिएको छ । दुई वटा वडाका विपन्न बस्तीहरु सहित अन्य टोलमा पनि २ सय ५१ बोरा चामल र अन्य खाद्यान्न सामग्री वितरण भैरहेको छ । घोराही उपमहानगर पालिका वडा नम्वर १३ र १५ का विभिन्न टोलमा बसोबास गर्ने श्रमिक, मजदुर, विपन्न अनि भाडामा बस्ने विद्यार्थीहरु गरेर २ सय ५१ घरपरिवारलाई चामल अनि अन्य खाद्यान्नहरु वितरण गर्न लागिएको छ ।

प्रियासनले घोराही–१३ स्थित शुभ विहानी टोलका ८८ घरपरिवारलाई बिहिबार विहान राहत वितरण गरिएको छ भने शुक्रबार सोही वडाका दुर्गा भवानी टोलका सबै घरपरिवारका लागि ८० बोरा चामल, सबैका लागि एकएक किलो दाल, एकएक पोका नून, एक एक पोका पोका तेल, सबैका लागि चारसय ग्राम स्वायविन वितरण हुनेछ । त्यसका लागि राहत संकलन भैसकेको महासंघका अध्यक्ष सविन प्रियासनले जानकारी दिएका छन् ।

यसैगरी प्रियासनले घोराही १५ स्थित न्यूरोडमा बस्ने १७ घर, सोही वडाको नव विहानी टोलमा बस्ने २१ घर, सोही वडाको माथिल्लो सृजनशील टोलमा बस्ने १६ घर गरी ५३ घरपरिवारका लागि ५३ बोरा चामल वितरण गर्नका लागि राहत संकलन गरेका छन् । यसैगरी घोराही १५ स्थित प्रकृति नगरमा बस्ने ४० जना विद्यार्थी एवं श्रमिकका लागि ८ बोरा चामल, ४० किलो दाल, ४० किलो चिउरा, ४० पोका नून, ४० पोका तेल, १४ किलो स्वायविन संकलन गरिएको छ । संकलित राहतलाई प्रियासनले घोराही उपमहानगरपालिकाको समन्वयमा हस्तान्तरण गरिरहेको बताए ।

अध्यक्ष प्रियासनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले २५ बोरा चामल, जिल्ला बार एशोसियसनले २२ बोरा चामल, त्रिभुवननगर जेसीजले २० बोरा चामल, घोराही चेम्बर अफ कमर्श, दाङ महिला जेसीज, खड्ग बुढाथोकीले १५ /१५ बोरा चामल सहयोग गरेका थिए । यस्तै प्रविणकुमार भण्डारीले ११ बोरा चामल, दाङ जिल्ला उद्योग बाणिज्य संघ, घोराही उपमहानगरपालिका वडा नंं १५ को कार्यालय, प्रकाश सुवेदी र पिके निर्माण सेवाको तर्फबाट १०/१० बोरा गरी १ सय ६३ बोरा चामल संकलन भएको थियो । साथै समाजसेवी भोला खनाल, सुदर्शन विष्ट, बमबहादुर खड्काले १६५ पोका नुन र १६५ पोका तेल सहयोग गर्नुभएको थियो । दाङ निर्माण व्यवसायी संघले १ सय ६५ किलो दाल सहयोग गरेको छ भने बालकुमार घर्तिले ६२ किलो २ सय ग्राम स्वयावरी सहयोग गरेका छन् ।

संकलित राहतको विवरण बुझ्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अफ्ठ्यारो अवस्थामा रहेका वर्गसमुदायका लागि राहत संकलन गरेर एकद्धार प्रणालीमा जोडिनु भएकोमा प्रियासनलाई बधाई दिँदै सहयोग गर्ने संघसंस्था एवं दात्ताहरुलाई धन्यवाद दिए । दैनिक ज्यालादारी मजदुरी गर्दै आएका बादी समुदायहरुले लक डाउनका कारण आफुहरुलाई समस्या परेको बताउँदै आएका थिए । उनीहरुले राहत पाएपछि खुशी ब्यक्त गरेका छन् । घोराही–१३ मा राहत वितरण गर्नेक्रममा वडा सदस्य केशव गिरी, बारका अध्यक्ष शिवप्रसाद घिमिरे, घोराही च्याम्बरका अध्यक्ष मञ्जु बज्राचार्य, त्रिभुवन नगर जेसीजका पदाधिकारी, दाङ महिला जेसीजका अध्यक्ष जिवा भुसाल, टोलका अध्यक्ष प्रकाश पुनलगायत र दात्ताहरुको उपस्थिति रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्