वर्तमान सरकारको पिसिआर पोजेटिभः पि–पर्पोजलेस, सि–करप्ट, आर–रेकलेस – Kanika Khabar
Friday, April 26Nepali News Portal

वर्तमान सरकारको पिसिआर पोजेटिभः पि–पर्पोजलेस, सि–करप्ट, आर–रेकलेस

    मा प्रकाशित

कुलराज पोख्रेल
असार १, दाङ ।
पछिल्लो समयमा सरकार झनझन भ्रष्ट भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ अहिले सडकमा उत्रिएको छ । सरकारको काई क्षमताप्रति असन्तुष्टि भएको नेविसंघ यतिबेला सडकमा उत्रिएको हो ।
कोभिड १९को सङ्क्रमणलाई रोक्न सरकारले गरेका कार्यमा भएको ढिलासुस्ती र रोगमा भएको भ्रष्टाचारका विरुद्ध नेविसंघ कडा रुपमा सडकमा उत्रने भएको छ ।
यसैबिच नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सोमबार दिउँसो सरकार विरुद्धको आन्दोलनमा काठमाडौंको बिजुलीबजारमा १ बजे सहभागी हुन आग्रह समेत गरेका छन् ।
त्यसैगरी नेविसंघले ७७ वटै जिल्लामा गर्ने विरोध कार्यक्रममा सक्रिय सहभागीता जनाउन काङ्ग्रेसले कार्यकर्तालाई परिपत्र जारी गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जारी गरेको परिपत्रमा असार २ गते कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गरेको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा व्यापक सहभागीता जनाउन निर्देशन दिइएको हो ।

सामाजिक दुरी कायम गर्दै नेविसंघले विरोध जनाउँदै आएको छ ।
आज सोमबार दिउँसोको विरोध कार्यक्रमका नारा यस्ता छन् :
१, कम्युनिष्ट सरकारको उपहार, मरेपछि पिसिआर ।
२, जनचाहना पिसिआर, सरकारको इच्छा भ्रष्टाचार ।
३, कोरोनाले जनजीवन अस्तव्यस्त, सरकार अनियमिततामै मस्त ।
४, हामी कर तिर्नेलाई बचाइ बचाइ, त्यही करमा सरकारको सधै रजाई ।
५, निम्न वर्गको भोको पेट, राष्ट्रपतिलाई नयाँ कार्पेट ।
६, हामी भन्छौं व्यवस्थित क्वारेन्टाइन, सरकार भन्छ नो वन इज माइन ।
७, विज्ञ भन्छन्न् पिसिआर, सरकार भन्छ अदूवा र बेसार ।
८, विद्यार्थीलाई किताबमा कर, उठेको रकम भ्रष्टाचार ।
९, वर्तमान सरकारको पिसिआर पोजेटिभ, पी–पर्पोजलेस, सी–करप्ट, आर–रेकलेस ।
१०, रुकुम घटनाको निष्पक्ष छानबिन गर, दोषीलाइ कडा कारबाही गर ।
११, सरकारको एउटै मिशन, कोरोनामा कमिशन ।
१२, मरेपछि पिसिआर, किन चाहियो यो सरकार ।
१३, रु ६००–६ महिना जान्दैनौं, भ्रष्ट सरकार मान्दैनौं ।
१४, नो आरडीटी, वन्ली पिसिआर ।
१५, सरकार क–कसलाई बचायौ ? १० अर्ब त्यसै पचायौ ?
१६, क्वारेन्टाइन हो कि बाख्राको खोर, सरकार भित्र चोरै चोर ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्