पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पोजेटिभ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पोजेटिभ

    मा प्रकाशित

कनिका खबर

असार १ दाङ ।

पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराहीका १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारअनटिनमा बसेका १३ र वडा नं. १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो। तर उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको वडा सदस्य तुलप्रसाद घिमिरेले बताए। चौघेरा क्वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पिसिआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो। त्यसको दोस्रो दिन (जेठ २२ गते) ६ जना आरडिटी टेस्ट गरेर घर पठाइयो। थप १६ जनाको स्वाब संकलन गर्दा एक हप्तासम्म पनि रिपोर्ट नआएपछि जेठ २८ गते घर पठाइयो।

तिनैमध्येका १३ जनामा आइतबार रिपोर्ट पोजेटिभ आएको वडा सदस्य घिमिरेले बताए। रिपोर्ट पोजेटिभ आएकाहरू जेठ ७, ८ र ९ गते छिमेकी देश भारतबाट आएकाहरू भएको वडा सदस्य घिमिरेले जानकारी दिए।

१३ जना संक्रमितमध्ये १२ पुरूष र एक जना महिला रहेको घिमिरेले जानकारी दिए। त्यसैगरी वडा नं. १७ कै प्रावि क्वाडीबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको घिमिरेले बताए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा संक्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन। तर वडा कार्यालयलाई संक्रमितको व्यवस्थापनको लागि आइतबार नै जानकारी दिइएको हुँदा आफूहरूले रातभर काम गरेर उनीहरूलाई आइसोलेसनमा पठाएको वडा सदस्य घिमिरेले बताए।

स्वास्थ्य मन्त्रालयको निर्देशिकामा १० दिनभन्दा बढी समय क्वारेन्टिनमा बसेका र कुनै पनि लक्षण नदेखिएकाहरूलाई पिसिआर चेकजाँच नै नगरी घर पठाउन सकिने उल्लेख छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्