कनिका डेस्क
असार १, दाङ
मलेसियास्थित नेपाली दूतावासले स्वदेश फर्कन प्राथमिकतामा परेका नेपालीको सूची सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको सूचीमा ६ हजार तीन सय १४ जनाको नाम छ ।
यीमध्ये इन्डोनेसियामा रहेका १० विधार्थी र ११ पर्यटकसहित २४ जना छन् । प्राथमिकतामा परेका मलेसियामा रहेका नेपालीमा अधिकांश कामदार रहेका छन् । मलेसियाबाट नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले दुई दुई वटा चार्टर्ड फ्लाइट गर्दैछन् ।
प्राथमिकतामा परेका नेपालीको सूची मलेसियास्थित नेपाली दूतावासको वेबसाइट mथ।लभउबझिदबककथ।नयख।लउ मा गएर हेर्न सकिन्छ ।