कनिका डेस्क
असार १, दाङ ।
भारतमा लगातार चौथों दिन १० हजारभन्दा बढी कोरोना सङक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा भारतमा ११ हजार पाँच सय दुइ जना नयाँ कोरोना सङक्रमित थपिएका हुन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङक्रमित हुनेको संख्या तीन लाख ३२ हजार नाघेको छ ।
यस्तै हिजो एकै कोरोना भाइरसका कारण तीन सय १५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार पाँच सय २० पुगेको छ भने सङक्रमित भएकामध्ये एक लाख ५३ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
मा प्रकाशित