अब कारागारकाे सुरक्षामा नेपाली सेना – Kanika Khabar
Sunday, April 27Nepali News Portal

अब कारागारकाे सुरक्षामा नेपाली सेना

    मा प्रकाशित

कनिका खबर

असार १, दाङ ।

आजदेखि दाङका कारागारहरुमा पनि सुरक्षा गार्डको रुपमा नेपाली सेना खटिएको छ ।दाङका घोराही र तुलसीपुरका कारागारको सुरक्षाका लागि नेपाली सेना खटिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

नेपाल सरकारकाे निर्णय अनुसार नै आजदेखि देशका सबै कारागारकाे सुरक्षाकाे जिम्मा नेपाली सेनालाई दिने रहेकाे छ । कनिका खबरसँगकाे संवादमा प्रमुख जिल्ला अधिकारी रिजालले भने, ` सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि खटाउन र नेपाल प्रहरीलाइ काेभिड १९ काे सङ्क्रमण राेक्न्का लागि विभिन्न क्षेत्रमा परिचालन गर्न परेकाेले जनशक्ति अभाव टार्न तत्कालका लागि नेपाली सेनालाई कारागार सुरक्षार्थ खटाइएको हाे ।´ अहिलेसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिदै आएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्