कनिका खबर
असार १, दाङ ।
ब्राजिलमा कोरोना भाइरसको कारण त्यहाँको स्थिति बिग्रीदैं गएको छ । कोरोना संक्रमण र मृत्यको रेकर्ड अनुसार ब्राजिल अमेरिका पश्चात दोश्रो नम्वरमा रहेको छ । ब्राजिलको प्रमुख शहर साओपाउलोमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या बृद्धि भएपछि त्यहाँ शवहरुलाई गाड्को लागि कब्रस्तानमा ठाउँ नै नभएको जनाईएको छ ।
यसै कारणले त्यहाँको स्थानिय प्रशासनले जर्वजस्ती पुरानो ठाउँबाट अस्थिपञ्जर निकाल्दै संक्रमणको कारणले मृत्यु भएकाहरुको शवलाई गाड्ने गरेको छ । साओपाउलो म्यूनिसिपल कार्पोरेशनका अनुसार तीन वर्ष पुराना कब्रलाई खानेर त्यसमा रहेका अवशेषहरुलाई एउटा ठूलो कन्टेनरमा जम्मा गरिरहिएको छ । तिनी कन्टेनरहरुलाई अहिले अस्थाई रुपमा त्यहि राखिएको छ भने १५ दिनको भित्रमा अर्को स्थानमा लगेर व्यवस्थापन गरिनेछ ।
ब्राजिलमा हालसम्म ८६७८८२ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ भने ४३३८९ जनाको मृत्यु भएको र ४५३५६८ जना कोरोना संक्रमण मुक्त भएको वोल्डोमिटरलेको रेकर्डले देखाएको छ ।