कार्यालयमा सेवाहरु सुरु तर मापदण्ड पूर्ण रुपमा पालना भएन – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

कार्यालयमा सेवाहरु सुरु तर मापदण्ड पूर्ण रुपमा पालना भएन

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
सरकारले बन्दा–बन्दी खुकुलो पारेसँगै सेवाहरु सुरु भएका छन् । झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु ७३ जिल्लामा पूर्ण सञ्चालनमा आएका छन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहहदरबार र अन्य सरकारी कार्यालयहरुमा पनि चहलपहल बढ्न थालेको छ । सबै सरकारी कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म खुला हुने निर्णय भए पनि मापदण्ड पालना भएको छैन ।
कार्यालयहरु सञ्चालनमा आए पनि सेवाग्राहीको उपस्थिति कम देखिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले कार्यालयमा मापदण्ड लागू गर्ने जिम्मा सम्बन्धित कार्यालय प्रमुखको भएको बताए ।

सरकारी मापदण्ड पालना भएनभएको अनुगमन गरिने पनि उनले जानकारी दिए । लामो समयको लकडाउनले अर्थतन्त्रसमेत जर्जर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्