बागलुङमा क्वारअन्टिनमा एक महिलाले जन्माइन् बच्चा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बागलुङमा क्वारअन्टिनमा एक महिलाले जन्माइन् बच्चा

    मा प्रकाशित

कनिका खबर
असार २, बाग्लुङ ।
बागलुङको निसीखोलामा १२ दिनदेखि क्वारअन्टिनमा रहेकी एक महिलाले क्वारअन्टिनमै बच्चा जन्माएकी छिन् । भारतदेखि १२ दिन पहिले गाउँ फर्किएकी निसीखोला गाउँपालिका ५ कि २१ वर्षीय रैमती बिकले निसीखोला ५ स्थित ज्ञानेन्द्र माविको क्वारेन्टाइनमा बच्चा जन्माएकी हुन् ।
सुत्केरी व्यथा लागेको थाहा पाएपछि स्वास्थ्यकर्मीको टोली क्वारअन्टिनस्थलमा आइपुग्दा बच्चा जन्मिएपछि स्वास्थ्यकर्मीले क्वारअन्टिनभित्रै डेलिभरीमा सहयोग गरेका हुन् ।
हाल सुत्केरी र बच्चाको अवस्था सामान्य छ । उनको गत जेठ २९ गतेमात्रै पिसीआर परीक्षण गरिए पनि अझैं रिपोर्ट आएको छैन । रिपोर्ट नआएका कारण डेलिभरी गराउन सहयोग गर्ने दुईजना स्वास्थ्यकर्मीलाई समेत क्वारअन्टिनमा बस्न भनिएको स्वास्थ्य संयोजक टोपबहादुर चन्दले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्