क्वारअन्टिन लैजाँदा भागेका युवाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

क्वारअन्टिन लैजाँदा भागेका युवाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार २, पर्वत ।
पर्वतको कुश्मा नगरपालिका ८ को चुवा भीरबाट खसेका युवाको मृत्यु भएको छ । भीरबाट हाम फालेका ३९ वर्षी चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका १३ का नेपाली भारतबाट क्वारअन्टिनमा बस्ने सर्तमा सुनौली नाकाबाट बसमा चढेर आउँदै थिए ।
पर्वत प्रहरीका अनुसार कुश्मा नगरपालिका ८ चुवामा आईपुग्दा बस रोकिएको बेला उनले भीरबाट हाम फालेका थिए । भीरबाट हाम फालेका उनलाई शरीरका विभिन्न स्थानमा गम्भीर चोट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले उनको उपचारका क्रममा पोखरास्थित गण्डकी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्