एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत्त अवस्थामा फेला – Kanika Khabar
Friday, January 17Nepali News Portal

एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत्त अवस्थामा फेला

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १२, कैलाली ।

निजी विद्यालयहरुको संगठन नेस्नल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत्त अवस्थामा फेला परेका छन् ।
गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्