प्रतिनिधि सभाको बैठक फागुन ८ गते – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्रतिनिधि सभाको बैठक फागुन ८ गते

    मा प्रकाशित

फागुन ६, दाङ।
प्रतिनिधि सभाको अर्को बैठक पर्सि बस्ने भएको छ । एमालेको अवरोध कायमै रहेकाले आजको बैठक अगाडि बढाउन नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक पर्सि दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराउनुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नुभयो । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दल एमालेले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

 

सभामुख सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आम नागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थियो । तर पटकपटकको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले कार्यसूचीअगाडि बढाउनुभएको थियो ।

 

यसैबीचप्रतिनिधिसभाको आजको बैठकमा पनि अमेरिकी सहयोग परियोजना (एमसीसी)टेबुल भएन । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएअनुसार नै संसद् बैठकमा एमसीसीलाई कार्यसूची मै नराखिएको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्