विश्व बैंकले उपलब्ध गराउने ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय – Kanika Khabar
Sunday, May 19Nepali News Portal

विश्व बैंकले उपलब्ध गराउने ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

    मा प्रकाशित

फागुन ६, दाङ ।
सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्यका लागि विश्व बैंकले उपलब्ध गराउने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकले उपलब्ध गराउने करिब २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्र्कीले बताउनुभयो ।

 

सरकारले यसअघि पनि विश्व बैंकबाट कोभिडविरुद्धको खोप खरिदका लागि ऋण सहायता स्वीकारेको थियो।यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यसैगरी नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची–१ हेरफेर गर्ने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

 

काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा ३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ति नगरपालिका ६ स्थित अनिता पशुपन्छी कृषी फार्मलाई केन्द्र मानि उल्लेखित स्थानको वरिपरिको १०० मिटर सम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने, नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने, श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गर्ने, ग्लोबल फन्डको एड्स, क्षयरोग, मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने, औषधि दर्ता चौथो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने र नेपाल मेडिकल काउन्सिल पाँचौं संशोधन नियमावली २०७८ स्वीकृत प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्