जनता र राजा एक ठाउँमा रहनेबेला आयाे : ज्ञानेन्द्र शाह – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जनता र राजा एक ठाउँमा रहनेबेला आयाे : ज्ञानेन्द्र शाह

    मा प्रकाशित

काठमाडाैं,७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा एकठाउ हुनुपर्ने बताएका छन् ।  ७२ औ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएको र अब पनि साथमा रहने बताएका हुन् ।

उनले राष्ट्रिय एकता जोगाउदै प्रजातनत्रलाई संकटबाट जोगाउन राज्यको  व्यवस्था नै  फेर्नुपर्ने अवस्था आएको समेत बताएका छन् । राजसंस्था सहितको प्रजातन्त्रको अभावले जनतामा निराशा छाएको भन्दै नेतृत्व र प्रणाली परिवर्तनका लागि सबै नेपालीले समीक्षा गर्ने बेला आइसकेको उल्लेख गरेका छन् । शुभकामना सन्देश मार्फत उनले लेखेका छन, ‘ प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेका अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुवाउदै लगेको महशुस हुँदै आएको छ,’ यो हुनुमा नेतृत्वको मात्रैको दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ, भन्ने बारेमा ससमिक्षा गर्न सबै नेपाली तयार हुनु पर्दछ ।’

पूर्वराजा शाहले प्रणालीमाथि प्रश्न उठाउँदै सांकेतिक रुपमा राष्ट्रियता र राष्ट्रिय एकताका लागि राजसंस्थासहितको प्रजातन्त्रमा जोड दिएका छन् । राष्ट्रियता बिनाको प्रजातन्त्र जनताको सुरक्षाको कवच र न्यायको छाता बन्न नसक्ने उनको भनाइ छ । प्रजातन्त्र आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको उल्लेख गर्दै शाहले तर नेपालमा पछिल्लो समय बढ्दो विदेशी प्रभावमा प्रजातन्त्र चलेको संकेत गरेका छन् ।

अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन,’ उनले भनेका छन् ।

पूर्वराजा शाहले प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने उल्लेख गर्दै भनेका छन्, ’त्यो स्वतः स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ ।’ अहिले प्रजातन्त्र ट्रयाकमा नरहेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने शाहको जोड छ ।’ अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पु¥याई रहेको छ, विचारणीय प्रश्न छ,’ उनले ध्यानाकर्षण गराएका छन् ।

FL7I4fBUUAoYcnZ.jpg

जनता र राजाको सम्बन्धलाई पूनर्मिलन गराउने उदेश्य झल्काउने खालको शाहले प्रवाह गरेको शुभकामना सन्देशलाई  नेपाली राजनीतिमा चासोका रुपमा हेरिएको छ । राजनीतिमा देखिएको बिकृति र मैलाएको भ्रष्टाचारले आकुल जनताले राजालाई सहज रुपमा स्वीकार नगरेपनि विकल्पको खोजीमा रहेका छन् । यही अवस्थालाई बुझेर पूर्वराजा शाहले वक्तव्य जारीगरेको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्