गठबन्धनको भविष्य अन्यौलमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गठबन्धनको भविष्य अन्यौलमा

    मा प्रकाशित

फागुन ७, दाङ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयले सत्ता गठबन्धन भित्रको विवाद झन् बढ्दै गएको छ ।

पटकपटक एमसीसीको विषयमा दलहरूबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन । दलहरूबीच सहमति हुन नसक्दा गठबन्धनभित्र एमसीसी पास वा फेल भन्दा पनि संसदमा टेबुल गर्ने विषयमै विवाद देखिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संसोधन नगरी एमसीसी संसदमा लैजान नहुने बताउँदै आएका छन् भने नेपाली काँग्रेस, जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ । उसले एमसीसीका बारेमा सहमति नभए सत्ता गठबन्धन भत्किन सक्ने चेतावनी नै दिएको छ ।

हिजो संसद बैठक पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै, काँग्रेस महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजाने विषयमा सहमति नभए गठबन्धन टुट्ने बताउनुभयो । तर, एकिकृत समाजवादीका नेता झलनाथ खनालले भने एमसीसी र गठबन्धन अलग विषय भएको बताउनुभयो ।

अहिलेकै अवस्थामा एमसीसी पास नहुने र यसकै कारण गठबन्धन नभत्किने उहाँको दाबी छ । प्रमूख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तापक्ष एमसीसीबारे स्पष्ट नभएसम्म आफ्नो धारणा सार्बजनिक नगर्ने अडानमा छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले एमाले एमसीसी पास र फेल दुबै पक्षमा नरहेको बताउनुभयो । यता, नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले यस्तो बताउनुभएको हो । अर्को तिर चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ ।
आज बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको विदेश मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

यसैबीच एमसीसीको विषयलाई लिएर नेपाल कुटनितिक जटिलतामा फस्न सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । परराष्ट्रविद् डा. लोकराज बरालले नेपालले कुटनितिक चतुरता देखाउनु पर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्