रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

    मा प्रकाशित

युक्रेन र रुसबीच युद्धको आशङ्काप्रति विश्वका शक्तिशाली मुलुकको ध्यान त्यसतर्फ केन्द्रीत भएको छ । युक्रेन सीमामा रुसले सेना तैनात गरे पछि विश्वका शक्तिशाली मुलुकले आफ्नो सबै ध्यान त्यसतर्फ नै केन्द्रीत गरेर बहस गरिरहेका छन् ।

युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने आशङ्काका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गरेरै छाड्ने निर्णय गरिसकेको फेरी दाबी गर्नुभएको छ ।

 

रुसले युक्रेनमाथि आक्रमण गर्नेमा आफू विश्वस्थ रहेको र त्यो आक्रमण आउँदा केही दिनभित्रै हुन सक्ने भन्दै बाइडेनले सचेत गराउनुभएको छ ।अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने सम्भावना रहेको बाइडेनले बताउनुभयो । यसैबीच, गयराति युक्रेन सीमामा गोलाबारी भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

 

तर, त्यो आक्रमण हो वा अरु केही त्यस विषयमा भने स्पष्ट भएको छैन । रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्