सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।फ्रेन्ड्स र च्यासलका लागि यस खेल महत्त्वपूर्ण रहेको छ । दुबै टोलीलाई रेलिगेसनबाट जोगिन यस खेल जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर १२ औं स्थानमा रहेको छ । च्यासललाई हराएर फ्रेन्ड्स रेलिगेसनको दबाबबाट माथि निस्कन चाहन्छ ।च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ ।

 

यस खेलमा हार ब्यहोरेमा च्यासल रेलिगेसनमा पर्नेछ । त्यसैले च्यासल फ्रेन्ड्सलाई हराएर रेलिगेसनको डर कम गर्न चाहन्छ ।यस्तै दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र थ्री स्टारबीचको खेल दशरथ रङ्गशालामै ४ः४५ मा सुरु हुनेछ ।मछिन्द्र ११ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

थ्री स्टारलाई हराएर मछिन्द्र अपराजित यात्रा कायम राख्न चाहन्छ ।थ्री स्टार १८ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार मछिन्द्रलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्