सामुदायिक वन सुनिश्चितता सम्बन्धि कार्यशाला – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सामुदायिक वन सुनिश्चितता सम्बन्धि कार्यशाला

    मा प्रकाशित

माला चौधरी
फागुन ७, दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका र ग्रिन फाउन्डेशन नेपालको आयोजनामा सामुदायिक वन सुनिश्चितता सम्बन्धि अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दाङ शाखा का अध्यक्ष बिष्णु केसीको अध्यक्षता एवमं नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा बबई, शान्तिनगर, दंगीशरण, तुलसीपुर, कपुरकोट र रुन्टिगढिका कार्यक्रम संयोजक र सहजकर्ता लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले वनलाई उद्यमसँग जोड्नुपर्ने वताए । उनले सामुदायिक वनका उपभोक्ताहरुलाई सुसुचित गर्नुपर्ने आवश्यकता रहेको वताए ।
कार्यक्रममा सामुदायिक वनमा काम गर्दै जादाँ अनुभवको बिषयमा आएका चुनौति र समाधानको उपायका बारेमा छलफल गरिएको थियो ।

सामुदायिक वनमा क्षमता अभिवृद्वि, हक अधिकार,सुशासन र सहभागितामुलक नंक्साकन र सामुदायिक वनको सीमाकंनका काम र लैङ्गिक हिसां बिरुद्वमा उपसमिति गठन कार्य र उद्यम विकासका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा पत्रकार वसन्त विवश आचार्यले समाचार र प्रतिवेदन लेखनका अभिमुखिकरण गराएका थिए । उनले सफलताको कथाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम ग्रिन फाउण्डेशन दाङ शाखाका सचिव सुरेश रावतले सहजिकरण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्