एमसीसी टेबल : सत्ता गठबन्धनकाे विमर्श – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एमसीसी टेबल : सत्ता गठबन्धनकाे विमर्श

    मा प्रकाशित

काठमाडौं, ८ फागुन । एमसीसीलाई प्रतिनिधिसभामा टेबुल गर्नका लागि सत्ता गठबन्धनको बैठक आइतबार बस्ने भएको छ। सत्ता समिकरणमा रहेका दलहरुलाई मनाएर एमसीसी संसदमा पेश गर्ने मुडमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सत्ता गठबन्धनको बैठकमा सहमति जुटाउने प्रयास गर्ने छन्।

सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो ।

संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ ।

आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्