दाङमा शंकास्पद बस्तु फेला, सुरक्षाकर्मी घटनास्थलमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा शंकास्पद बस्तु फेला, सुरक्षाकर्मी घटनास्थलमा

    मा प्रकाशित

८फागुन, दाङ । दाङको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकुरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर–७ स्थित पदमिनी खोलाको २ समय मिटरको दक्षिणतर्फ सडक छेउमा तारले जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु गएराति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिनुभएको छ ।    शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्