दाङको लमहीस्थित पदमिनी खोला नजिक राखिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङको लमहीस्थित पदमिनी खोला नजिक राखिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

    मा प्रकाशित

         प्रिया स्मृति गजमेर                                                           फागुन ८, दाङ ।  दाङको लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु (प्रेसर कुकर) नेपाली सेनाले डिस्पोज गरेको छ ।

शनिबार राती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा देखेपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।

सडक किनारमा बम जस्तो बस्तु राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठ घटनास्थल पुगेका थिए । रातिमा डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरी हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयो”- प्रहरी निरीक्षक श्रेष्ठले भने ।

प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त शंकास्पद बस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलिका मेजर सन्तोष खत्रीको कमान्डमा घटनास्थल पुगेको टोलिले बिहान करिब साढे एघार बजे डिस्पोज गरेको हो ।

मेजर खत्रीका अनुसार घटनास्थलका बारेमा राम्रोसँग बुझेर डिस्पोज गर्न लागेको कारण समय लागेको हो । अन्य स्थानमा पनि राखेको हुन सक्छ भनेर घटनास्थललाई राम्रोसँग संग अध्ययन गरेर डिस्पोज गर्नु पर्छ”- मेजर खत्रीले भने । चेकजाँच पछि मात्र त्यो बस्तु बम हो या अन्य कुनै बस्तु हो भनेर भन्न सकिने मेजर खत्रीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्