ब्राजिलको पेट्रोपोलिसमा बाढी पहिरोका काराण १४६ जनाको मृत्यु, १९१ जना अझै बेपत्ता – Kanika Khabar
Sunday, May 19Nepali News Portal

ब्राजिलको पेट्रोपोलिसमा बाढी पहिरोका काराण १४६ जनाको मृत्यु, १९१ जना अझै बेपत्ता

    मा प्रकाशित

ब्राजिलको पेट्रोपोलिस र राजधानी रियो दि जेनेरियोमा अबिरल वर्षाका कारण आएको बाढि पहिरोमा परि १४६ जनाको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ बालबालिकाहरू रहेको अधिकारीहरूले बताएका छन् ।

 

बाढी र पहिरोमा परि १९१ अझै बेपत्ता रहेका छन् । बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्यमासमेत बाधा पुगेको छ । आपतकालिन टोलीले पटकपटक खोजी गरे पनि मुसलधारे वर्षाका कारण काम ठप्प भएको छ । बेपक्तामध्य कसैलाई जीवितै भेट्ने आशा निकै कमै रहेको अधिकारीहरुले बताएका छन् । बाढि प्रभावित क्षेत्रहरूका ९ सय भन्दा बढी मानिसलाई विद्यालय र आश्रयस्थलमा राखिएको छ ।

त्यहाँका स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएको छ । आज पाँचौ दिन पनि वर्षा जारी छ ।सबैभन्दा बढी क्षति पेट्रोपोलिस सहरमा भएको त्यहाँका उद्धारकर्मीहरुले जानकारी गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्