थप ३८० जना सहीत संक्रमितको संख्या ६५९१ पुग्यो – Kanika Khabar
Thursday, June 12Nepali News Portal

थप ३८० जना सहीत संक्रमितको संख्या ६५९१ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
असार २, दाङ
मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका हुन् । यससँगै संक्रमितको संख्या  ६हजार ५ सय ९१ जना संक्रमित पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार १५८ जना डिस्चार्ज भएका छन् ।

जसमा १ हजार पैतालिस पुरुष र १ सय १३ जना महिला रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्