महिलाहरुको लागि छुट्टै क्वारअन्टिन बनाउन सांसदहरुको माग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

महिलाहरुको लागि छुट्टै क्वारअन्टिन बनाउन सांसदहरुको माग

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहा नगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालयको क्वारअन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकी दिलकुमारी रावलले कैलालीको सहिद माविको क्वारन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने बताइन् । उनले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित छुट्टै जिल्लागत क्वारेन्टाइनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न पनि माग गरिन् । नेकपाकै सांसद महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । यस्तै नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले देशैभरि क्वारन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीमाथि कडा कारवाही गर्न माग गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्