दाङमा एक नेपाली सेनामा कोरोना पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङमा एक नेपाली सेनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
दाङ जिल्लामा एक नेपाली सेना जवानमा कोरोना पुष्टि भएको छ । घोराहीमा रहेको रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । आज मङ्गलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको पिसिआर परीक्षणमा उनमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।

रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही-१८ नवलपुर निवासी ५९ वर्षीय पुरुषको शव व्यवस्थापन टोलीमा उनी सहभागी रहेका थिए । नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण सरेको आशंका गरिएको छ ।

सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्