घुससहित मालपोत कार्यालयका ६ जना कर्मचारीहरु पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

घुससहित मालपोत कार्यालयका ६ जना कर्मचारीहरु पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार २, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सामाखुशीको स्प्यारो ब्याङ्क्वेटबाट घुससहित मालपोत कार्यालयका कर्मचारीहरुलाई पक्राउ गरेको छ ।

मंगलबार राति आयोगको टोलीले गरेको विशेष अपरेशनमा घुससहित मालपोत अधिकृत रघुवंश कणेलसहित ६ जना पक्राउ परेका हुन् । यसबारे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरेका छन् ।

उनले भने, ‘केही पक्राउ परेका छन् तर, विस्तृत विवरण आइसकेको छैन ।’ स्रोतका अनुसार कणेँलसहितको टोलीबाट ८ लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको छ ।

सामाखुशीको स्प्यारो ब्याङ्क्वेटबाट उनीहरु सबै पक्राउ परेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्