१६ औं संस्करणको एनएनआईपीए खेलकुद अवार्ड आज – Kanika Khabar
Thursday, May 16Nepali News Portal

१६ औं संस्करणको एनएनआईपीए खेलकुद अवार्ड आज

    मा प्रकाशित

फागुन १७, दाङ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को १६ औं खेलकुद अवार्ड कार्यक्रम आज हुँदैछ ।
ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरिने बताइएको छ ।यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई अवार्ड दिईने आयोजकले जनाएको छ ।

२७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ ।यस्तै उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ ।

यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् ।एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।
एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ ।
पत्रकारिता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन्।एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्