घोराहीका सुनचाँदी पसल अनिश्चितकालीन बन्द – Kanika Khabar
Saturday, August 15Nepali News Portal

घोराहीका सुनचाँदी पसल अनिश्चितकालीन बन्द

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।

घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस संक्रमणको प्रकोप घोराही क्षेत्रमा अत्यधिक रुपमा फैलिन थालेपछि बुधवारदेखि लागु हुने गरी घोराहीका सम्पुर्ण सुनचाँदी पसल अर्को निर्णय नहुदा सम्म बन्द हुने नेपाल सुनचाँदी व्यवसायी संघ घोराही समितिले जनाएको छ ।

समितिका अध्यक्ष विनोद कुमार विश्वकर्मा र महासचिव मान बहादुर सेपाईलीको संयुक्त हस्ताक्षरमा मंगलवार जारी गरेको सुचनामा यस्तो उल्लेख गरिएको छ । साथै सम्पुर्ण पसल बन्द हुदा ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल सुनचाँदी व्यवसायी संघ घोराही क्षमा चाहान्छौ, उक्त सुचनामा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्