नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन हुदै, २ सय ४० खेलाडीको सूची तयार – Kanika Khabar
Thursday, May 16Nepali News Portal

नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन हुदै, २ सय ४० खेलाडीको सूची तयार

    मा प्रकाशित

फागुन १७, काठमाडौँ ।
नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन आउदो शुक्रबार हुँने भएको छ । यो पटक एनएसएलमा कुल १० टिमको सहभागिता रहने भएकाले यो पटकको अक्सनमा कुल २ सय ४० खेलाडीमाथि बोलि लाग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक कमिटीले यो पटकको अक्सनमा तीन श्रेणीमा खेलाडीलाई छुट्याएको छ । जसमा ए श्रेणीमा ४० खेलाडीलाई राखिएको छ भने बी र सी मा एक÷एक सय खेलाडी राखेको छ ।

यो पटकको एनएसएलमा प्रशिक्षकमा अघिल्लो संस्करण टिम हेरेका भन्दा केहि फरक हुने देखिएको छ ।

यो पटकको एनएसएलका लागि कुल २२ जना मार्की खेलाडीको सूची तयार पारिएको थियो । मार्की खेलाडी हुन नसकेका खेलाडीमाथि पनि अक्सनमा बोलि लाग्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्