नेपालमा कोरोनाबाट २० औँ व्यक्तिको मृत्यु – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

नेपालमा कोरोनाबाट २० औँ व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो भने नेपालमा बिसौं व्यक्तिको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका ६ का ४६ बर्षका महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएका उनको हिजो साँझ मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
अहिलेसम्म नेपालमा कोरानाका कारणले मृत्यु भएका छैनन्, मृत्युपछि नै कोरोना पुष्टि भएका केस छन् । उनको पनि मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्