नारायणगढ–मुग्लिन सडक अवरुद्ध – Kanika Khabar
Sunday, April 20Nepali News Portal

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
असार ३, चितवन ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध भएको छ । बिहान सवा चार बजे सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो गएको हो । पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको छ । पानी परिरहेका कारण ढिलोगरि कालिखोलामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ ।

मुग्लिन प्रहरीका अनुसार बाटो पूरै अवरुद्ध भएको छ । पहिरो गएको ठाउँमा प्रहरी टोली पुगेर डोजर लैजान पहल भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान रमेश पन्तले जानकारी दिनुभयो । प्रहरीका अनुसार बिहान करिब साढे ११ बजेसम्म पहिरो पन्छाउने काम सकिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्