गण्डकीमा थप २१ जना कोरोना संक्रमित – Kanika Khabar
Friday, April 26Nepali News Portal

गण्डकीमा थप २१ जना कोरोना संक्रमित

    मा प्रकाशित

कनिका खबर
असार ३, कास्की ।

गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक प्रेश बिज्ञप्ती प्रकाशित गरि २१ जना संक्रमित थपिएको जानकारी दिएको हो । निर्देशनालयका निर्देशक एवम् कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार नवलपरासी सूस्ता पूर्वमा १८ र पर्वतमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपरासी सूस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका १४ जना पुरुष, मध्यबिन्दु नगरपालिकाका २ जना पुरुष, कावासोती नगरपालिकाका १ जना र पालिका नखुलेका १ जनामा कोरोना संक्रमण पाईएको छ । पर्वतमा भने फलेवास नगरपालिकाका दुई जना पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । एक जना भरतपुर अस्पतालमा उपचाररत व्यक्ति रहेपनि अरु सबै भारतबाट फर्किएर क्वारअन्टिनमा रहेका व्याक्ति रहेको निर्देशनालयले निकालेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ सय ४७ पुगेको पनि निर्देशनालयले जनाएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा भने कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्