भारत र चीनका सेनाको भिडन्तमा चीनको क्षति खुलेन – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

भारत र चीनका सेनाको भिडन्तमा चीनको क्षति खुलेन

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।
भारत र चीनका सेनाबीच लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सख्या २० पुगेको छ । १५ जना अझै हराइरहेका छन् । चीनततर्फको क्षति खुलेन छैन । तर भारतीय सञ्चार माध्यमले ४३ जना चिनीया सेना वेपत्ता रहेका र ती मध्ये केहीको मृत्यु भएको दावी गरेर खबर लेखेका छन् ।

हिजो साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीनजनाको निधन भएको बताएको थियो । तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ  । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिक चिनियाँ इलाकामा जबर्जस्ती प्रवेश गरेका कारण झडप भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारतीय सेनालाई संयमित राख्न र एकतर्र्फी रूपमा जबर्जस्ती चिनियाँ भूभागमा प्रवेश गर्न नदिन भारत सरकारलाई आग्रह गरेका छन् । भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ । केही समयता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ ।

दुबै देशले वार्ताका लागि पहल भइरहेको र अवस्था सामान्य बन्दै गएको बताएका छन् । (समाचार एजेन्सीको सहयोगमा)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्