गुल्मिमा आठ महिने शिशुमासमेत कोरोना संक्रम – Kanika Khabar
Friday, April 26Nepali News Portal

गुल्मिमा आठ महिने शिशुमासमेत कोरोना संक्रम

    मा प्रकाशित

कनिका डेस्क
असार ३, दाङ
आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि गुल्मीमा भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो ।

योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्