बेइजिंगमा कोरोना संक्रमित बढ्दै गएपछि एक हजारभन्दा बढी हवाई सेवा रद्द – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

बेइजिंगमा कोरोना संक्रमित बढ्दै गएपछि एक हजारभन्दा बढी हवाई सेवा रद्द

    मा प्रकाशित

एजेन्सी
असार ३, दाङ ।
चीनको राजधानी बेइजिंगमा कोरोना संक्रमित बढ्दै गएपछि एक हजारभन्दा बढी हवाई सेवा रद्द गरिएको छ । चीनमा दोस्रो चरणको कोरोना महामारीको खतरा बेइजिंगमा देखिन थालेको भन्दै बेइजिंगबाट उडान भर्ने एक हजारभन्दा बढी हवाई सेवा रद्द गरिएको हो ।
आजमात्रै बेइजिंगमा कोरोना भाइरसका कारण ३१ जना नयाँ संक्रमित थपिएका छन् । योँसगै बेइजिंगमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ सय ३७ पुगेको छ । बेइजिंगमा कोरोना संक्रमित थपिँदै गएपछि विद्यालय, बजारहरु पूर्ण रुपले बन्द गरिएको छ भने राजधानी बाहिर नजान पनि नागरिकलाई आग्रह गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्